राजनीति

सभामुख र शीर्ष नेताबीचको छलफल जारी

सभामुख देवराज घिमिरे र प्रमुख दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी छन्।

यही वैशाख २८ गतेका निम्ति संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूहरूका माग पूरा नभए संसद् बैठक चल्न नदिने जनाएको छ। संसद बैठक विना अवरोध सञ्चालन गर्ने उद्देश्यले सभामुखले दलहरुबीच बैठक राखेको बताइएको छ। 

प्रकाशित: २५ वैशाख २०८१ १२:२३ मंगलबार

सभामुख देवराज घिमिरे