राजनीति

गण्डकी प्रदेशका सभामुखको कार्य असंवैधानिक : कांग्रेस

क्याप्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यासविपरीत काम गरेको बताएको छ। गण्डकी प्रदेशसभामा असंवैधानिक ढंगबाट मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाको कांग्रेसले भत्र्सना गरेको हो।

‘संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भएअनुसार तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतबाट गर्नु पर्ने व्यवस्था हुँदाहुँदै ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नु नेपालको संविधानको मर्म र भावना तथा संसदीय शासन पद्धतिको आधारभूत मूल्य, मान्यता एवं संसदीय अभ्यास र परम्पराविपरीत गरिएको कार्य हो,’ उसले भनेको छ।

त्यसलाई कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र संविधान माथिकै ठाडो प्रहार भएको ठहर गरेको छ। ‘यसले सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ,’ कांग्रेसले भनेको छ, ‘यो असंवैधानिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ।’

प्रकाशित: २५ वैशाख २०८१ ०८:३२ मंगलबार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस खगराज अधिकारी गण्डकी प्रदेशका सभामुख असंवैधानिक कार्य गण्डकी प्रदेशसभामा मुख्यमन्त्री