राजनीति

संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएकी छिन्।

आज काठमाडौंमामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेको भएपनि जातिय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरु संविधानमा व्यवस्थित गरेको भएपनि आजसम्म पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताइन्।

उनले यवहारिक रुपमा कार्यान्वयन हुन नसक्नुको पछाडिको कारणहरु पत्ता लगाइ सरकारी सञ्चारमाध्यमबाट जनता समक्ष लैजान आवश्यक रहेको पनि बताइन्। उनले अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरुको रक्षा गर्न जरुरी रहेको बताइन्।

प्रकाशित: २४ वैशाख २०८१ १०:०५ सोमबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा संविधान मौलिक हक व्यवहारमा कार्यान्वयन गर्न नसकेको