राजनीति

तीन संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ।

बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानून, उनीहरुका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम/ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयक माथि छलफल हुनेछ। 

त्यस्तै बिहान साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: १८ वैशाख २०८१ ०८:४७ मंगलबार

संसदीय समिति बैठक महिला तथा सामाजिक मामिला समिति विद्यमान कानून ज्येष्ठ नागरिक