राजनीति

ईलाम-२ को उपनिर्वाचनले कांग्रेसको भविष्य निर्धारण गर्छ: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि ईलाम-२ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नै पर्ने बताएका छन्।

'कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन्। सबैको मनोबल बढाउनु पर्ने छ। हाम्रा लागि यो उप निर्वाचन प्रतिष्ठाको विषय भएको छु,' कोइराला भने।

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाब बिर्सेर एक भई निर्वाचनमा जुट्न ईलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए।

उपनिर्वाचनको प्रचारका लागि ईलाम पुगेका कोइरालाले जति जना आकांक्षी भएपनि टिकट एक जनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरुले मन दुखाउन नहुने बताए।

कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै कांग्रेसका हरेक कार्यकर्ताले म नै उम्मेदवार हुँ भनेर निर्वाचनमा लाग्न समेत निर्देशन दिए।

प्रकाशित: ३ वैशाख २०८१ १७:४४ सोमबार

नेता डा.शेखर कोइराला नेपाली कांग्रेस