राजनीति

गगनको ‘संवाद यात्रा : आज कपिलवस्तुदेखि दाङ र बाँकेसम्म

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पश्चिम तराईका जिल्लामा गरिरहेको संवाद यात्रा आज पनि जारी छ।

थापाले आज कपिलवस्तुको लबनीमा खुला संवाद, तौलिहवास्थित कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया, महाराजगञ्ज नगरपालिकामा जनप्रतिनिधि संवाद, बहादुरगञ्जमा चिया संवाद र चन्द्रौटामा खुला अन्तरक्रिया गरेको जनाएका छन्।

संवाद र भेटघाटमा आम जनताको दैनिकीसँग जोडिएका समस्या, मल विउ सिँचाइ, श्रम रोजगार, शिक्षा स्वास्थ्यदेखि राजनीतिक विषयमा चासो–चिन्ता र अपेक्षा सहितका सुझाव आएको थापाले बताएका छन्। ‘ती विषय समाधानमा निरन्तर लाग्ने नै छु। यात्रा निरन्तर छ...!’, सामाजिक सञ्जालमा उनले लेखेका छन्।

दाङ र बाँकेमा पर्ने हुलाकी राजमार्ग आसपासका समुदायसँग पनि आजै संवाद हुने महामन्त्री थापाले जनाएका छन्।

प्रकाशित: १७ चैत्र २०८० १२:४४ शनिबार

नेपाली कांग्रेसका महामन्त्री संवाद यात्रा पश्चिम तराईका जिल्ला गगन थापा