राजनीति

वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको शेखर समूहको निष्कर्ष

नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला पक्षले वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकालेको छ। साथै महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको कार्यतालिका अवरुद्ध हुन नदिने निर्णय पनि गरेको छ।

नेता शेखर र महामन्त्री गगन थापा पक्षका केन्द्रीय सदस्यहरूको मङ्गलवार बसेको बैठकले कार्ययोजना र कार्यतालिकासहित पार्टी अघि बढेको भन्दै कार्यतालिकाको समीक्षा गर्नुपर्ने बताएको छ।  

केन्द्रीय सदस्य दिलन्द्र बडुले कार्यक्रमहरूको निरन्तरता हुनुपर्ने भन्दै कार्यतालिकालाई अवरुद्ध हुन नदिने बताए।

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा पेश गरेको वार्षिक कार्यतालिकालाई १० साउनमा पार्टीले पारित गरेको थियो।

असोज ४ गतेदेखि बस्ने केन्द्रीय समितिका बैठकका एजेण्डा के के हुन सक्छन् भनि बैठकमा छलफल भएको पनि बडुले जानकारी दिए।  

प्रकाशित: २ आश्विन २०८० १२:२२ मंगलबार

नेपाली काँग्रेस डा. शेखर कोइराला वार्षिक कार्यतालिका महामन्त्री गगन थापा