दसैं बुधबार देखि समापन हुँदैछ । बुधबार कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना बसि समापन हुनेछ । भक्तजन बुधबार रातभर जाग्राम बसेर आराधना गर्नेछन् । दसैंको अन्तिम दिन पुर्णिामाको अवसरमा विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको भिड छ ।
![](https://images.nagariknewscdn.com/third-party/1634729008_Dashain%20Purnima%20(2).jpg)
गतवर्ष कोरोना भाइरस संक्रमणले बन्द रहेका शक्तिपीठ यसवर्ष खुलेका छ । भक्तजनको पनि त्यही अनुसार ती शक्तिपीठमा चहलपहल बढेको छ । अन्य पर्वभन्दा कोजाग्रत पूर्णिमाको अवसरमा पोखरा फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा दर्शनार्थीको भिड हुन्छ ।
![](https://images.nagariknewscdn.com/third-party/1634729075_Dashain%20Purnima%20(4).jpg)
वर्षभरमा सबैभन्दा बढी दर्शनार्थीको भिड हुने दिन यहीँ नै भएको स्थानीयले बताएका छ । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनको भिड लाग्ने गर्छ ।
![](https://images.nagariknewscdn.com/third-party/1634729134_Dashain%20Purnima%20(5).jpg)
कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता पनि छ । आजदेखि नै तुलसी पुजा गर्न शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिकसम्म स्नान गरे महापापबाट मुक्त भइने धार्मिक विश्वास छ ।
![](https://images.nagariknewscdn.com/third-party/1634729190_Dashain%20Purnima%20(6).jpg)
पोखरामा यहीबेला आन्तरिक पाहुना पनि आएका छन । कोरोना संक्रमण कमजोर भएको मौका पारेर पाहुना भित्रिँदा यहाँको पर्यटन क्षेत्रमा चहलपहल छ । त्यसको असर बुधबार तालबाराही मन्दिर दर्शनमा जानेको भीडले देखाउँछ ।
![](https://images.nagariknewscdn.com/third-party/1634729546_Dashain%20Purnima%20(7).jpg)
पोखरा पर्यटन परिषदका उपाध्यक्ष पोमनारायण श्रेष्ठले आन्तरिक पर्यटक आएका कारण पोखराको पर्यटन क्षेत्रमा चहलपहल बढेको बताए । उनका अनुसार केही ठुला होटलका सतप्रतिशत कोठा पाहुनाले भरिएका छन् । साना र मझौला आकारका होटलमा पनि पाहुना अभाव छैनन ।
![](https://images.nagariknewscdn.com/third-party/1634729667_Dashain%20Purnima%20(11).jpg)
वर्षादले गर्दा पर्यटक आगमनमा केही असर परेको व्यवसायीले बताएका छन । पोखरा आउन चाहेका पाहुना पनि रोकिएको व्यवसायीले बताए ।
प्रकाशित: ३ कार्तिक २०७८ ११:३५ बुधबार