फोटो फिचर

तस्बिरमा हेरौं सडक विभागले न्युरोडमा टालिरहेको पिच

काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पिच सडक विभागले टालेको छ।

मेयर बालेन शाहको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फको विशाल बजारअगाडि महानगरले पिच काटेको थियो।

सडक विभागले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र पुनस्स्थापना गर्न १६ गतेसम्मको अल्टिमेटम दिएको थियो। महानगरले पिच नटानलेपनि सडक विभागले सोमवार कर्मचारी र मजदुर खटाएर उक्त पीच टाल्न सुरू गरेको हो।

तस्बिरमा हेरौं सडक विभागले न्युरोडमा टालिरहेको पिचः

#newroad #department of sadak #balen_shah