अन्तर्राष्ट्रिय

सम्पन्न भयो राम मन्दिरको प्राण प्रतिष्ठा

अयोध्याको राम मन्दिरमा आज रामललाको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ। प्राण प्रतिष्ठा पुजामा मुख्य यजमान प्रधानमन्त्री नरेन्द्र मोदी, आरएसएस प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल,  मुख्यमन्त्री योगी आदित्यनाथ बसेका थिए।

विभिन्न पुजन विधि पूरा गरि रामललाको प्राण प्रतिष्ठा गरि आखाको खोलिएको थियो। अहिले रामललाकोबाल रूप अर्थात  राघव स्वरूपमा प्रतिष्ठापित गरिएको हो।

प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन आमन्त्रित विशिष्ट व्यक्तिहरू अयोध्या आउने क्रम जारी छ।

कार्यक्रममा सहभागी हुन क्रीकेटर सचिन तेन्दुल्कर, बिराट कोहली, अभिनेता अमिताभ बच्चन, बिबेक ओबराइ, कंगना रनावत, रनदीप हुडा, चिरञ्जीवी, माधुरी दिक्षित, उद्योगपति मुकेश अम्बानी, टीना अम्बानी प्राण प्रतिष्ठामा सहभागी छन्। प्राण प्रतिष्ठा लागि राम मन्दिरलाई बेहुली झै सजाइएको छ।

प्रकाशित: ८ माघ २०८० ०७:५१ सोमबार

अयोध्या राम मन्दिर प्राण प्रतिष्ठा प्रधानमन्त्री नरेन्द्र मोदी