स्वास्थ्य

१० प्रकारका औषधि उत्पादनमा रोक (सूचीसहित)

औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ। विभागले सूचना जारी गर्दै औषधि मूल्याङ्कन समितिबाट प्राप्त रायअनुसार १० प्रकारका औषधिको उत्पादनमा रोक लगाइएको बताएको हो।

विभागका महानिर्देशक नारायण ढकालले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको बताए।

यस्तै लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो। यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरू रहेका छन्।

औषधि सल्लाहाकार समितिको बैठकबाट यसबारे थप निर्णय हुने महानिर्देशक ढकालले बताए।

साथै औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्रि वितरण भइरहेको ब्राण्ड समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ।

प्रकाशित: २७ मंसिर २०८० ०४:२७ बुधबार

औषधि व्यवस्था विभाग औषधि उत्पादन सूचना १० प्रकारका औषधिको उत्पादनमा रोक