शिक्षा

निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। यसका लागि महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो।

काठमाडौं महानगरले महानगरपालिकाभित्र स्थायी बसोवास भएका, योग्य उमेद्वारका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको हो। सात दिनभित्र महानगरको सामाजिक विकास विभागमा आवेदन पेस गर्नुपर्नेछ।

नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाणपत्र, खरिदार र नायब सुब्बा स्तरको कक्षाका लागि प्लस टु पास गरेको र अधिकृतका लागि स्नातक तहको शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने छ।

प्रकाशित: २२ वैशाख २०८१ ०९:३४ शनिबार

काठमाडौं महानगरपालिका निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने