अर्थ

सुबिसुको ‘स्मार्ट डिल’ अफर

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले दशैं तिहार लक्षित ‘स्मार्ट डिल’ अफर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्ष गरी यो अफर ल्याएको हो।  

अफर अन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ९ सय ९९ रूपैयाँमा (भ्याट सहित) ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५ सय रूपैयाँमा (भ्याट सहित) स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।  

यसैगरी सुबिसुले ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्तो मूल्यमा सुबिसु इन्टरनेट प्याकेज प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। जसअन्तर्गत १०० एमबीपीएस गतिको इन्टरनेट तीन महिनाका लागि चार हजार ९ सय ९९ रूपैयाँ र १२ महिनाको इन्टरनेट ११ हजार ९ सय ९९ रूपैयाँमै प्राप्त गर्न सकिने बताएको छ।

त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेटलाई तीन महिनाका लागि सात हजार ९ सय ९९ रूपैयाँ र १२ महिनाका लागि १४ हजार ९ सय ९९ रूपैयाँ पर्ने तथा सबै प्याकेजमा डिभाइस, जडान शुल्क र भ्याट समावेश रहेको सुबिसुले जनाएको छ ।

प्रकाशित: ५ आश्विन २०७९ ०१:२७ बुधबार

सुबिसुको ‘स्मार्ट डिल’ अफर इन्टरनेट सेवाप्रदायक कम्पनी