स्थानीय बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक सय रुपैयाँले बढेको हो।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो।
यस्तै,आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। हिजो सोमबार चाँदीको मूल्य तोलामा १७ सय ९० रुपैयाँ थियो। आज चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ कायम भएको छ।
प्रकाशित: १८ असार २०८१ ११:४९ मंगलबार