अर्थ

इस्लिङ्टन कलेजद्वारा ४.५ करोड बराबरको छात्रवृत्ति

इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति समारोह– २०२४ आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ।

प्राज्ञिकता, उपस्थिति र आचरणलाई एकै सुत्रमा बाँध्ने यस छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति मार्फत कलेजका विद्यार्थीलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहन गर्नु रहेको जनाएको छ।

कलेजका अनुसार लगभग ४.५ करोड रूपैयाँ पुरस्कार राशीको छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यले योग्यताका आधारमा १५७ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका हुन्।

छात्रवृत्ति कार्यक्रम छोटो  समयमै विद्यार्थीका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने अवसर बन्न सफल भएको कलेजले जनाएको छ। 

कलेजका अनुसार छात्रवृत्तिले विद्यार्थीलाई सक्रिय बनाउँदै विभिन्न गतिविधिमा क्रियाशील राखी शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहित गर्नेछ।

प्रकाशित: २६ चैत्र २०८० ०८:४८ सोमबार

इस्लिङ्टन कलेज छात्रवृत्ति प्राज्ञिक अनुशासन र सहभागिता उत्कृष्टता हासिल