अर्थ

एनआइसिसिआईको साधारणसभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआइसिसिआई) ले १० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कार्यक्रममा सञ्चार मन्त्री रेखा शर्माले ‘एनआइसिसिआई डायरेक्टरी’ को अनावरण गरेकी थिइन्।

यसै अवसरमा द्विपक्षीय व्यापार सम्बन्धको विकासमा अमूल्य योगदान गर्ने सम्मानित अतिथिहरूलाई कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो। एनआइसिसिआईका अध्यक्ष सञ्जय अग्रवालले सबै सदस्यहरूको सहयोग र समर्पणको लागि आभार व्यक्त गरे।

उनले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्ध र आर्थिक विकासलाई उत्प्रेरित गर्ने एनआइसिसिआईको अटल प्रतिबद्धता रहिरहने बताए।

प्रकाशित: १८ चैत्र २०८० ०८:३२ आइतबार

सञ्चार मन्त्री रेखा शर्मा नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआइसिसिआई)