अर्थ

महालक्ष्मी बैंकद्वारा छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ। बैंकले विरगञ्जको कादमबरी एकेडेमीमा अध्यनरत छात्र जीवन राजवंशीलाई कक्षा १०अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको हो।

बैंकका सञ्चालक समिति सदस्य श्यामसुन्दर रुङ्टाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई छात्रवृत्ति हस्तान्तरण गरेका हुन्। अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

प्रकाशित: २ चैत्र २०८० ०८:०० शुक्रबार

महालक्ष्मी विकास बैंक हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण