कला

फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति सर्यो

नेपाली फिल्म सतीदेवीको पूर्वघोषित प्रदर्शनी मिति सरेको छ।लक्ष्मण सुवेदीको निर्देशनमा बनेको  फिल्म ‘सतीदेवी’ अब भदौ ७ गते प्रदर्शन हुँदैछ। यस अघि यस फिल्मको प्रदर्शनी मिति साउन ४ गते राखिएको थियो।

निर्माण कम्पनी दिलासा क्रिएशनले सोमबार विज्ञप्ति जारी गर्दै केही प्राविधिक कारणले गर्दा फिल्मको प्रदर्शन मिति सरेको  जनाएको छ।

फिल्ममा मालिका महत, हर्षिका वली, मन्जिला बानियाँ, सृजना अधिकारी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, मनीषा सापकोटा, भोलाराज सापकोटा, सन्देश लिम्बू आदिको अभिनय रहेको छ। 

प्रकाशित: १८ असार २०८१ १३:३३ मंगलबार

#'Sati Devi' #Nepali film