कला

लोकसभा निर्वाचनमा जितेपछि बलिवुड त्याग्ने कङ्गनाको उद्घोष

बलिवुडकी क्वीन कङ्गना रनौटले लोकसभा निर्वाचनमा विजयी भएपछि बलिवुड त्याग्ने उद्घोष गरेकी छिन्।

भारतीय जनता पार्टीले कङ्गनालाई हिमाचल प्रदेशको मन्डीबाट लोकसभा निर्वाचनमा उम्मेदवार बनाएको छ। जोडसोडका साथ प्रचारप्रसारमा लागेकी कङ्गनाले सोमवार चुनावी सभालाई सम्बोधन गर्दै आफूले जित हात पारे बलिवुडलाई त्याग्ने घोषणा गरिन्।

उनले भनिन्, ‘बलिवुडमाभन्दा यदि राजनीतिमा सम्भावना राम्रो देखियो भने म राजनीतिमै सक्रिय भएर काम गर्छु। मसँग राजनीतिको माध्यमबाट यदि जनता जोडिन्छन् र म उनका कुरा सुन्न र समस्या समाधान गर्न सक्छु भने म राजनीतिमै केन्द्रीत हुन्छु।’

कङ्गनाले राजनीतिको माध्यमबाट जनताको नजिक हुने र उनीहरूको हरेक कुरा बुझ्ने आफ्नो पहिलो प्राथमिकता रहेको पनि बताइन्।

कङ्गनाले बलिवुडमा फैसन, क्वीन, तनु वेड्स मनु, ग्याङ्गस्टर जस्ता हिट चलचित्रमा अभिनय गरेकी छिन्। उनको आगामी चलचित्र इमरजेन्सी हो। यो चलचित्र जुन १४ मा रिलिज हुनेछ।

प्रकाशित: २४ वैशाख २०८१ १२:५२ सोमबार

बलिवुड कङ्गना रनौट लोकसभा निर्वाचन बलिवुड त्याग्ने