कला

परशु-कल्पना स्रष्टा सम्मानको घोषणा

वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत भएको ४५ औं दिनको पुण्य तिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट परशु-कल्पना स्रष्टा सम्मानको घोषणा गरेका छन्। यो सम्मान एक लाख एक सय एक रुपैयाँ नगद राशिको हुनेछ। नेपाल स्रष्टा समाजमार्फत अर्पण गरिने सम्मान उनको निधन भएको दिन अर्पण गरिनेछ।

नेपाली साहित्यमा तीन दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टालाई अर्पण गरिने परशु-कल्पना स्रष्टा सम्मान प्रत्येक वर्षको चैत ५ गते अर्पण गरिने  नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले जानकारी दिए।

प्रकाशित: २० वैशाख २०८१ ०६:४७ बिहीबार

अक्षर नेपाल स्रष्टा समाज