कला

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा

परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ। मध्य नेपाल नगरपालिका १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो।

पालिकाको सांस्कृतिक विविधतामा एकता कायम राख्ने उद्देश्यले नौमती बाजा हस्तान्तरण गरिएको मध्य नेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताए।

उनले दलित समुदायको पराम्परागत संस्कृति संरक्षणसँगै आयआर्जनमा पनि सहयोग पुग्ने उल्लेख गर्दै लोप हुँदै गएको मौलिक बाजा संरक्षण गर्न नगरपालिकाले दलित समुदायलाई बाजा हस्तान्तरणसँगै सीप सिकाउने अभियान  पनि सुरु गरेको बताए।

यसैबीच, सुन्दर बजारमा सञ्चालित दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। शिविरमा दुई सय १७ जनाले सेवा लिएका सुन्दर बजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए।  

सुन्दर बजार अस्पतालको आयोजना तथा सुन्दर बजार नगरपालिका ७ को  सहयोगमा शिविर सञ्चालन गरिएको हो। त्यसमा धुलिखेल अस्पतालको प्राविधिक सहयोग रहेको उनले जानकारी दिए। –रासस

प्रकाशित: ८ वैशाख २०८१ ०७:५१ शनिबार

परम्परागत संस्कृति संरक्षण नौमती बाजा हस्तान्तरण दलित समुदाय