कला

इदमा सलमानको गिफ्ट ‘सिकन्दर’

बलिवुडका भाइजान सलमान खानले आफ्ना फ्यानलाई इदमा विशेष गिफ्ट दिएका छन्। इदको अवसरमा आफ्नो नयाँ चलचित्रको घोषणा गर्दै उनले आफ्ना फ्यानको ढुकढुकी बढाइदिएका छन्।

प्रायः जसो हरेक वर्ष इदमा चलचित्र लिएर आउने सलमान खानले यसवर्ष भने आफ्ना फ्यानलाई निराश गरे। तर, आगामी वर्ष अर्थात् सन् २०२५ को इदमा उनी चलचित्र ‘सिकन्दर’ लिएर आउँदैछन्।

प्रोड्युसर साजिद नाडियाडवाला र विजनरी निर्देशक ए.आर.मुर्गदाससँग मिलेर सलमान ‘सिकन्दर’ लिएर आउन लागेका हुन्।

पछिल्लो समय हिट चलचित्र दिन नसकेका सलमानलाई पठानमा अतिथि कलाकारको रुपमा देखिएको थियो। उनको टाइगर ३ र किसि की भाई किसी की जान ले खासै आम्दानी गर्न सकेको थिएन। त्यसकारण पनि ‘सिकन्दर’ बाट उनका दर्शक र फ्यानलाई ठूलो आशा छ।

प्रकाशित: २९ चैत्र २०८० १४:१६ बिहीबार

भाइजान सलमान खान बलिवुड इद सिकन्दर