कला

प्रधानमन्त्री मोदी मिथुनसँग किन रिसाए ?

बलिवुड अभिनेता मिथुन चक्रवर्ती अस्पतालबाट डिस्चार्ज भएका छन्। ७३ वर्षीय मिथुनलाई शनिवार चलचित्र सुटिङ्गको क्रममा ब्रेन स्ट्रोक आएपछि अस्पताल भर्ना गरिएको थियो।

कोलकोत्ताको एक निजी अस्पतालमा उपचार गराइरहेका मिथुन सोमवार डिस्चार्ज भएका हुन्।

उनले आफ्नो स्वास्थ्यबारे आफैले जानकारी दिएका छन्। डिस्चार्ज भइसके पछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू अब स्वस्थ रहेको र खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएको बताए।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमा रिसाएको पनि बताए। उनले भने, ‘आइतवार प्रधानमन्त्री मोदी जीले मेरो स्वास्थ्य अवस्थाबारे बुझ्न फोन गर्नुभएको थियो। उहाँले मलाई रिसाउँदै आफ्नो स्वास्थ्यको ख्याल किन नराख्नुभएको भनेर गाली गर्नुभयो। प्रधानमन्त्री जीले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्न पनि सल्लाह दिनुभयो।’ 

बलिवुडका डिस्को किङ्गको रुपमा प्रसिद्ध मिथुन २०२४ मा हुने निर्वाचनमा भारतीय जनता पार्टीको तर्फबाट कोलकोत्तामा चुनाव लड्दै छन्।

प्रकाशित: १ फाल्गुन २०८० १०:०७ मंगलबार

बलिवुड अभिनेता मिथुन चक्रवर्ती मिथुन चक्रवर्ती अस्पतालबाट डिस्चार्ज चलचित्र सुटिङ्ग ब्रेन स्ट्रोक नरेन्द्र मोदी