कला

फिल्म फेयर २०२३ः सर्वश्रेष्ठको उपाधी आलिया र रणवीरलाई

बलिवुडको बहुप्रतिक्षित 'फिल्म फेयर अवार्ड २०२३' ले आलिया भट्टलाई सर्वश्रेष्ठ अभिनेत्रीको उपाधी प्रदान गरेको छ।

आइतवार भारतको गुजरातमा भएको ६९ औँ फिल्म फेयरमा आलियालाई 'रकी और रानी की प्रेम कहानी'का लागि बेस्ट एक्ट्रेसको अवार्ड प्रदान गरिएको हो।

यस्तै बलिवुड अभिनेता रणवीर कपुरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्रदान गरिएको छ। रणवीरलाई चलचित्र 'एनिमल'का लागि उक्त उपाधि प्रदान गरिएको हो।

गुजरात में आयोजित उक्त अवार्डले सन् २०२३ को सर्वश्रेष्ठ फिल्मका लागि 'टुवेल्थ फेल'लाई छनोट गरेको छ भने सर्वश्रेष्ठ निर्देशकका लागि विधु विनोद चोपडालाई छनोट गरेको छ।

त्यस्तै सर्वश्रेष्ठ अभिनेता (सपोर्टिङ्ग रोल) को उपाधी विक्की कौशललाई चलचित्र 'डंकी'का लागि प्रदान गरिएको छ भने शबाना आजमीलाई सर्वश्रेष्ठ अभिनेत्री (सपोर्टिङ्ग रोल) चलचित्र 'रकी और रानी की प्रेम कहानी'का लागि प्रदान गरिएको छ।

प्रकाशित: १५ माघ २०८० ०५:०८ सोमबार

बलिवुड फिल्म फेयर अवार्ड २०२३ आलिया भट्ट रणवीर कपुर