कला

राम मन्दिर उद्घाटनमा बलिवुड कलाकारको ओइरो

भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन अबको केहीसमय पछि सुरु हुँदैछ। भव्य समारोहकाबीच भगवान रामको मन्दिरमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्राण प्रतिष्ठाको कार्यक्रम सुरु हुनेछ।

ट्रष्टका अनुसार प्राण प्रतिष्ठा कार्यक्रम दिउँसो १२ः३५ (भारतीय समय अनुसार १२ः२० देखि १ बजे) बजेदेखि सुरु हुने र १ः१५ बजेसम्म चल्नेछ।

राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी हुन बलिवुड, खेल, व्यावसायी लगायत विभिन्न निकायका व्यक्तिहरू अयोध्या पुग्ने क्रम जारी छ।

राम मन्दिरमा सहभागी हुन बलिवुडका महानायक अमिताभ बच्चन आफ्ना छोरा अभिशेक बच्चनसँग अयोध्या पुगेका छन्।

यस्तै रणवीर कपुर श्रीमति आलिया भट्टसँग अयोध्या पुगेका छन् भने विक्की कौशल श्रीमति कटरिना कैफसँग अयोध्या पुगेका छन्।

बलिवुडकी क्वीन कङ्गना रनौत २ दिन अघि नै अयोध्या पुगिसकेकी छिन्। 

यस्तै माधुरी दिक्षित, निर्मात निर्देशक रोहित शेट्ठी, राजकुमार हिरानी लगायतका व्यक्तित्वहरू पनि अयोध्या पुगिसकेका छन्।

उद्घाटन समारोहमा अनुष्का शर्मा, अनुपम खेर लगायत अन्य सेलिब्रेटी पनि पुगेका छन्।

प्रकाशित: ८ माघ २०८० ०६:१० सोमबार

भारत उत्तर प्रदेश राम मन्दिर नरेन्द्र मोदी अमिताभ बच्चन प्राण प्रतिष्ठा राम मन्दिरको उद्घाटन