समाज

लाल मोहम्मद हत्या प्रकरणः भारतीय नागरिक बब्लु पासवान पक्राउ

लाल मोहम्मद हत्यामा संलग्न भनिएका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगलले उनलाई पक्राउ गर्न खोज्दा भागेपछि नियन्त्रणमा लिने क्रममा गोली हानिएको हो। उनको साथाबाट पर्सा प्रहरीले लागूऔषध समेत बरामद गरेको छ।

पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी खोजी भैरहेको अवस्थामा उनी फेला परेका हुन्। ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा उनकै समूहको गोली हालेर लाल मोहम्मद हत्या गरिएको थियो।

उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरेका थिए। लामो समयदेखि खोजी गरिरहेका उनलाई प्रहरीले पक्राउ गरेर यतिबेला अस्पतालमा लगेको छ।

प्रकाशित: १७ वैशाख २०८१ ०७:०६ सोमबार

लाल मोहम्मद हत्या भारतीय नागरिक बब्लु पासवान प्रहरीले गोली हानी पक्राउ