स्वास्थ्य

हुम्लाका बालबालिकालाई खोप लगाइयो

फाइल तस्बिर

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन्।  

लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो। हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्य चौकीका प्रमुख गोरखबहादुर भण्डारीले बताए।  

गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखिमाथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप पनि बुधबार नै लगाइएको जानकारी दिए। लिमी स्वास्थ्य चौकीमा यो वर्ष दुई जना स्वास्थ्यकर्मीले  सेवा प्रवाह गरेका हुन्। 

प्रकाशित: २९ चैत्र २०८० १०:१३ बिहीबार

नाम्खा गाउँपालिका–६ लिमी लिमी स्वास्थ्य चौकी प्रमुख गोरखबहादुर भण्डारी