कला

आकाश छुने धर्ती बोक्ने आश्वासन धेरै पाएँ

गीत

हजुरमाथि गजुर थप्दै तिम्रो दैलो धाउनु धाएँ,

आकाश छुने धर्ती बोक्ने आश्वासन धेरै पाएँ।

धाइरहें,पाइरहे आश्वनसनका पोकै पोका,

पाइला-पाइला उपहार, दिन्छौं किन धोकैधोका।

धोका मात्र सौगात दिने विश्वासघाती मान्छे तिमी,

हाँसो लुट्ने, आँसु बाँड्ने पक्षपाती मान्छे तिमी।

तिमी जस्तै मन भएको मान्छे म नि हैन कि त,

मेरो खुशी मेरो हाँसो मेरो निम्ति छैन कि त।

मैले बाँच्न तिम्रो दैलो धाउनुपर्ने कैेलेसम्म,

धाउँदा धाउँदै सैयौ ऋतु बितिसके अहिलेसम्म।

हजुरमाथि गजुर थप्दै तिम्रो दैलो धाउनु धाएँ,

आकाश छुने धर्ती बोक्ने आश्वासन धेरै पाएँ।

प्रकाशित: २२ वैशाख २०८० ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App